काठमाडौं । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश, उपत्यका, प्रतिष्ठान र एशोशियट प्रदेशको पहिलो संयुक्त अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
शनिवार सम्पन्न अधिवेशनमा एशोशियट प्रदेशतर्फ अध्यक्षमा श्रीहरि थापा, उपाध्यक्षमा श्यामसुन्दर पुडासैनी र सुरक्षा भट्टराई, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा मनोज न्यौपाने र विक्रम सुनार तथा कोषाध्यक्षमा पूजा ढकला (पवित्रा) निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, बागमती प्रदेश कमिटीको अध्यक्षमा शरदचन्द्र सापकोटासहित खुला उपाध्यक्षमा राधेश्याम खतिवडा , महिला उपाध्यक्ष रमा दहाल, महासचिव प्रकाश दाहाल, सचिव विदुर पौडेल, समावेशी सचिव बासु श्रेष्ठ र कोषाध्यक्ष प्रज्वल पौडेल चयन भएका छन् ।
यसैगरी प्रतिष्ठान प्रदेश कमिटीका लागि अध्यक्षमा सरोज ढुंगेल, उपाध्यक्षमा रामचन्द्र अर्याल र सर्मिला थापा, महासचिवमा भिसा काफ्ले, सचिवमा तुलसी सुवेदी र केशव भट्ट तथा कोषाध्यक्षमा सञ्चिता आचार्यसहित २१ सदस्यीय कार्य समिति तयार गरिएको छ।
यसैगरी, उपत्यका प्रदेशको अध्यक्षमा विष्णु आचार्यको नेतृत्वमा ३७ सदस्यीय कमिटी चयन गरेको छ। अधिवेशनले उपाध्यक्षमा ज्योति जिसी र सीता पौडेल (अर्चना), महासचिवमा घनश्याम धमला, कोषाध्यक्षमा शालिकराम लामिछानेसँगै सचिवमा रमेश तिमिल्सिना र लिला श्रेष्ठ चुनिएका छन् ।