काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकबीच ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ। यस साझेदारीअन्तर्गत ओमोडा एन्ड जेइकुका ग्राहकले बैंकिङ सेवाको शुल्कमा छुट तथा सवारीसाधन खरिदमा विशेष सहुलियत पाउने भएका छन्।
नेपालमा ओमोडा एन्ड जेइकु तथा iCAUR सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच उक्त साझेदारी भएको हो।
सम्झौताअनुसार सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकुका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट उपलब्ध गराउनेछ। त्यसैगरी, सिद्धार्थ बैंकमार्फत ओमोडा एन्ड जेइकुको सवारीसाधन खरिदका लागि फाइनान्सिङ गर्ने ग्राहकले गाडी खरिदमा विशेष छुट प्राप्त गर्नेछन्।
यो योजना एनपीएल सिजन ३ को अवधिभर लागू हुनेछ। देशभर रहेका ओमोडा एन्ड जेइकुका आधिकारिक डिलरशिप तथा सिद्धार्थ बैंकका शाखामार्फत ग्राहकले उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।
साझेदारीले नेपाली क्रिकेटको प्रवर्द्धनमा सक्रिय दुई ब्रान्डलाई एउटै मञ्चमा ल्याएको छ। सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर तथा ओमोडा एन्ड जेइकु को(स्पोन्सरका रूपमा प्रतियोगितामा आबद्ध छन्। दुवै ब्रान्ड पहिलो सिजनदेखि नै एनपीएलसँग जोडिँदै आएका छन्।
नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यसहित दुवै संस्थाले प्रतियोगितासँगको सहकार्यलाई निरन्तरता दिएका हुन्। यस साझेदारीले क्रिकेटप्रेमी तथा सवारीसाधनका ग्राहकलाई लक्षित गर्दै थप सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
एनपीएल सिजन ३ को अवधिमा लागू हुने यस योजनाबाट सवारीसाधन खरिद, फाइनान्सिङ र सर्भिस चार्जमा सहुलियत प्राप्त गर्न सकिनेछ। यद्यपि, छुटको विस्तृत विवरण तथा लागू हुने सर्तबारे ग्राहकले सम्बन्धित बैंक शाखा वा आधिकारिक डिलरशिपमा बुझ्न सक्नेछन्।