काठमाडौं - एक बर्ष सम्म दम्पतीहरु बिच हप्ताको २ वा ३ पटकसम्म परिवार नियोजनको कुनै साधन प्रयोग नगरी यौन सम्पर्क राख्दा गर्भवती हुने अवस्थालाई बाँझोपना भनीन्छ । बाँझोपना महिला पुरुष दुबैमा हुनसक्छ ।
हाम्रो समाजमा अझै पनि बाँझोपना महिलामा मात्र हुन्छ भन्ने गरिन्छ । कुनै महिलाको विवाहको गरेको १ बर्ष बित्दा सम्म गर्भवती भइनन् भने अनेक किसिमका लान्छना लगाउने परम्परा अझै कायम नै छ । सन्तान नहुनुको दोष महिलालाई मात्र दिइन्छ । कुनै दम्पतीको सन्तान छैनन् भने समस्या महिलामा मात्र नभई पुरुषमा पनि हुनसक्छ ।
बाँझोपना हुनुका कारण
पुरुषमा
शुक्रकिटको खरावी
प्रजनन् अंगमा संक्रमण भई उपचार नगरेमा
पौष्टिक तत्व र आरामको कमी
गह्रौ काम र धेरै चिन्ता
महिलामा
इन्डोक्रोनिक डिसअर्डर
अण्ड निश्काशन नभएर
अण्ड बहिनी नलि बन्द भएर
प्रजनन् अंगमा भएको संक्रमणको उपचार नगरेमा
अंगमा जन्मजात समस्या भएमा
यि कारणहरुलाई हेर्दा सुरक्षीत गर्भपतन गराउँदा कुनै समस्या हुने देखिदैन तर असुरक्षीत गर्भपतन गराउँदा प्रजनन् अंगमा संक्रमण र चोटपटक लाग्ने भएकाले बाँझोपनाको सम्भाबना देखिन्छ ।
बाँझोपन समाधानको उपायहरु
शुक्रकीटको कमी भएमा त्यसलाई बढाउनका लागि चिकित्सकसँग सल्लाह लिन सकिन्छ । यदि शुक्रकीटलाई बढाउन नसकेमा पुरुषको शुक्रकीट लिएर कृत्रिम गर्भाधानबारे सोच्न सकिन्छ । कतिपय अवस्थामा टेस्टट्युब बेबी पनि सम्भव हुन सक्छ ।
पुरुषमा डिम्ब नबन्ने समस्या भएको खण्डमा औषधि सेवन गर्न सकिन्छ ।
कतिपय अवस्थामा बढी तौलका कारण पनि निःसन्तानको समस्या हुन सक्छ । त्यसैले स्वास्थ्य जाँच गरी तौल घटाउनतिर लाग्न सकिन्छ ।
इन्फेक्सनको उपचार गरेर पनि निःसन्तानको समस्याबाट मुक्त हुन सकिन्छ ।
निःसन्तानको सम्भावित समस्याबाट बच्न चुरोट, लागुऔषधलगायतको लत छोड्नुपर्छ ।
शुक्रकीट निर्माणका लागि अण्डकोशको तापक्रम ३२ देखि ३३ डिग्री सेन्टिग्रेटसम्म चाहिन्छ । लामो समय अत्यन्त गर्मी ठाउँमा काम गर्ने बाध्यता भएमा तापक्रम मेन्टेन गर्न आवश्यक हुन्छ ।
(आइपास नेपालद्धारा प्रकाशित गर्भपतन सम्बन्धि भ्रम र तथ्यहरु नामक पुस्तकबाट साभार)