काठमाडौं - सरकारले देशैभरका ३० लाख बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध खोप लगाउने भएको छ ।
दादुरा र रुबेलाविरुद्धको खोप अभियान आउँदो फागुन र चैतमा दुई चरणमा हुने स्वास्थ्य सेवा विभाग बालकल्याण महाशाखा अन्तरगर्त खोप शाखा प्रमुख डा झलक गौतमले बताए ।
दादुरा एक भयाबह रोग हो । १ जना बालबालिकामा दादुरा देखापर्यो भने १६ जनालाई सर्न सक्छ । त्यसैले दादुरा बिरुद्धको खोप लगाएर बाल मृत्यु दर कम गर्न सकिने डा.गौतमले बताए ।
सन् २०२३ सम्म दादुरा निवारण गर्ने लक्ष्य अनुरुप सरकारले आगामी फागुन महिना भर प्रदेश नं १, २, ५ मा र चैत महिनाभर प्रदेश नं ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यो अभियान शुरु गर्दै छ । बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने डा। गौतमले बताए ।
उनि भन्छन् 'खोप अभियानमा एक लाख बढि स्वयंसेवी सहभागि हुनेछन् भने १० हजार स्वास्थ्यकर्मी खटाईने छ र ४५ भन्दा बढि ठाउँमा खोप केन्द्र स्थापना गरिनेछ ।'
उनिले खोप जनस्वास्थ्यको ठुलो उपलब्धि रहेको समेत उल्लेख गरे । साथै खोपकै कारण बालमृत्युदर कम गर्न सकिएको सरकाले दाबी गरेको छ ।
संसार भर दुईदर्जन खोपको प्रयोग गरिन्छ भने नेपालमा जम्मा ११ रोगका लागि खोपको प्रयोग गरिदै आएको छ ।
११ वटा रोग बिरुद्धमा दिईने खोप
क्षयरोग ( टिबी )
भ्यागुते रोग
लहरे रोग
धनुष्टन्कार
हेपटाइटिटस 'बी'
पोलियो
दादुरा
रुबेला
निमोनिया
जापानिक इन्सेफलाइटिस्
खोप खरिदमा सरकार र गाबि संस्थाको सयुक्त आयोजनामा वार्षिक रुपमा १ अर्ब ६५ करोड लाग्ने गरेको छ आज राजधानीमा भएको कार्यक्रममा उल्लेख गरिएको थियो । साथै सो कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम, खोप अभियान तथा नयाँ खोप सुरुवात सम्बन्धी जानकारी दिइएको थियो ।
खोप कार्यक्रमबाट प्राप्त मुख्य उपलब्धिहरुः
सन् १९७९ बिफर उन्मुलन
सन् २००५ मातृ तथा नवशिशु धनुष्टकारको निवारण
सन् २००६ जापनिज इन्सेफलाइटिस् विरुद्धको खोप सुवात र २००८ मा नियन्त्रण
सन् २०१० अगष्ट देखि पोलियो शून्य अवस्थामा कायम र सन् २०१४ मा पोलियो फ्रि प्रामाणपत्र प्राप्त
सन् २०१२ देखि पुर्ण खोप घोषण तथा दिगोपना कार्यक्रम शुरुवात
कार्यक्रममा बोल्दै विज्ञहरुले कुनै कुनै बालबाकालिकमा खोप लगाई सकेपछि ज्वरो आउने, धेरै दुख्ने रुने वा सुई लगाएको ठाउँमा पाक्ने, रातो हुन सक्ने भएकाले त्यस्तो अवस्थालाई सामान्य रुपमा लिनका लागि आग्रह समेत गरेका छन् ।
प्रमुख डा . गौतमले यो अभियानमा ९ महिना देखि ५ बर्ष उमेर समूहका ३० लाख बालबालिकालाई कभरेज गर्ने र तराईँका १९ जिल्लाका १५ लाख बालबालिकालाई पोलियो थोपा समेत खुवाउने योजना रहेको सुनाए ।