मानिसको जिवनमा विभिन्न उतार–चढाव आउँछन् । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार गर्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने मात्र सफलता नजिकिँदै जान्छ भनिन्छ । सबै मानिस अरूलाई प्रभावित पार्न चाहन्छन् । कसैलाई प्रभावित पार्नका लागि सबैभन्दा पहिला आफ्नो व्यक्तित्व सुधार गर्न आवश्यक छ ।
असल श्रोता
असल व्यक्तित्वका लागि श्रोता बन्न आवश्यक छ । एकतर्फी रटानले न केही कुरा सिक्न सकिन्छ, न त कसैलाई प्रभावित पार्न नै । असल श्रोता बन्न सकेमा साथी सर्कलबाट थुप्रै कुरा सिक्न सकिन्छ । त्यसैले उत्कृष्ट श्रोता पनि राम्रो कला हो । तपाईं कसैलाई सुन्दै हुनुहुन्छ भने उसले ठान्छ कि ‘मलाई महत्व दिएको छ ।’ जुन व्यवहारले आत्मीयता वढाँउछ ।
इमानदारीताप्रति प्रतिबद्ध
इमानदारीता, व्यक्तित्व विकासका लागि निकै महत्वपूर्ण कुरा हो । यदि तपाईंले कसैसँग वाचा गर्नुभएको छ भने त्यसलाई पूरा गर्न आवश्यक हुन्छ । यस्तो व्यवहारले अरूबाट सम्मान र प्रशंसा आर्जन गर्न सकिन्छ । अरूभन्दा फरक देखाउनका लागि पनि यस्तो व्यवहारले मद्दत र्पुयाउँछ ।
आन्तरिक क्षमता
आन्तरिक क्षमता सफल जीवनका लागि महत्वपूर्ण पक्ष हो । यस्तो कौशलले दैनिक जीवनमा मानिसहरूसँग साक्षात्कार गर्दा सहज र उपयोगी साबित हुन्छ । यस्तो क्षमता भएका व्यक्तिलाई समूहले पनि आवश्यकता महसुस गर्छ । प्रोफेसनल जीवनमा मात्र नभएर व्यक्तित्व विकासमा पनि आन्तरिक क्षमताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
नेतृत्व विकास
सबै मानिसलाई आफ्नो क्षेत्रमा सफल हुन र अरूभन्दा अब्बल देखिने चाहना हुन्छ । त्यसका लागि नेतृत्व क्षमता विकास गर्न अपरिहार्य हुन्छ ।
नयाँको संगत
धेरै मानिसको आ–आफ्नै समूह हुन्छ । हामी दैनिक त्यही समूहका व्यक्तिसँग भेटिरहेका हुन्छौ । तर, व्यक्तित्वमा सुधारका लागि भने सधैँ नयाँ–नयाँ मानिसलाई भेट्ने प्रयास गर्नुपर्छ । फरक–फरक मानिससँग भेट्दा नयाँ–नयाँ अनुभव लिन र संस्कृति बुझ्न मद्दत पु¥याउँछ । यस्तो बानीले विचारको दायरा पनि फरक बन्न मद्दत गर्छ । त्यति मात्र नभएर जीवन सुधारका लागि प्रेरणा पनि मिल्न सक्छ ।
वक्तित्वकला
बढी ज्ञान लिनुको उद्देश्य हुन्छ कि बहसमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नू । हरेक मानिस आफ्नो कुरा सुनोस् भन्ने चाहन्छ । यसका लागि प्रभावशाली वक्ता बन्न आवश्यक हुन्छ । एउटै मानिसले यो ब्रह्माण्डबारे सबै जानकारी लिन सम्भव छैन । यदि नियमित बहसमा भाग लिने गरेमा नयाँ–नयाँ कुरा सिक्ने अवसर भने प्राप्त हुन्छ । जसले दिमागको दायरा फराकिलो पार्दै लैजान्छ ।
प्रस्तुतीकरण
यदि तपाई आफ्नो सूचना धेरैभन्दा धेरै मानिसले थाहा पाओस् भन्ने चाहनुहुन्छ भने प्रस्तुतीकरणमा ध्यान दिनुहोस् । प्रस्तुतीकरणले धेरै मानिसलाई आकर्षित गर्न भूमिका निर्वाह गर्छ । यस्तो क्षमता प्रायः सबै पेसामा आवश्यक छ । प्रस्तुतीकरणको क्षमता बढाउनका लागि नियमित बोल्ने, रचनात्मक सोच विकास गर्नेलगायतका गतिविधि गर्नुपर्छ ।