एजेन्सी । भेनेजुएलाको राजधानी काराकासकी पत्रकार सिस्सी दे फ्लाभियिस भन्छिन् कि हालको भेनेजुएलाली सरकारअन्तर्गत हुर्किएकी उनले पछिल्ला घटनाक्रमलाई “आघातजनक” रूपमा अनुभव गरेकी छन्।
“हामी बुझ्छौँ कि ट्रम्पको आफ्नै एजेन्डा छ, र उनले भेनेजुएलाको आगामी राष्ट्रपति को हुने, वा आगामी केही दिनमा देशको स्वरूप कस्तो हुने भन्ने विषयमा नियन्त्रण चाहन सक्छन्। तर यो घटना साँच्चिकै झट्का थियो,” दे फ्लाभियिसले बताइन्। उनले अमेरिकाले भेनेजुएलालाई नियन्त्रण गर्ने भन्ने ट्रम्पको टिप्पणीलाई “पछाडिबाट घोचेजस्तै” महसुस भएको बताइन्।
दे फ्लाभियिसका अनुसार मादुरोको अपहरणले देशमा “झन् बढी अनिश्चितता” पैदा गरेको छ। उनले भनिन् कि भेनेजुएलाका मानिसहरू अमेरिका उपनिवेश बन्ने कि थप सैन्य हस्तक्षेप हुने भन्ने डरमा छन्। सुरुमा मादुरोलाई स्क्रिनमा नियन्त्रणमा लिँदै गरेको देख्दा केही खुसी देखिएको थियो।“तर दिन बित्दै जाँदा मानिसहरू सोच्न थाले-हामी सुरक्षित छौँ तरु फ्रिजमा पर्याप्त खाना छरु गाडीमा ग्यास छरु” उनले भनिन्। त्यसपछि खाद्यान्न र ग्यासका लागि लामो लाइनहरू लाग्न थाले, र धेरै मानिस घरमै बस्न र बाहिर ननिस्कन खोजिरहेका छन्। के हुन सक्छ भन्ने ठूलो अनिश्चितता छ।
उनले थपिन्, “हाम्रो इतिहासले देखाउँछ-जब ठूलो घटना हुन्छ र मानिसहरू सडकमा निस्कन्छन्, उनीहरूलाई सैन्य अधिकारीहरूले दमन गर्न सक्छन्। त्यसैले सबैजना शान्त रहन, सुरक्षित बस्न, एक-अर्कालाई फोन गरेर बिजुली, वाइ-फाइ, खाना र पेट्रोल छ कि छैन भनेर सोधिरहेका छन्। सबैजना एक-अर्काको मानसिक अवस्था पनि बुझ्न खोजिरहेका छन्।”