काठमाडौं । अर्घाखाँचीको सितगंगा नगरपालिका–४ रातामाटास्थित सडकमा लु.४ त ९४१८ नम्बरको ट्याक्टर बारी जोत्ने क्रममा आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका कोप्चेवास बस्ने ३६ वर्षीय राजु नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका–१ गुप्ता नर्सरीस्थित सडकमा लु.६५ प १३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७९ वर्षीया जानकी घिमिरेको आइतबार दिउँसो मृत्यु भएको छठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको होमोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषा, मिथिला नगरपालिका–४ जगदेब पुलस्थित सडकमा लु.१ क १७६८ नम्बरको टिपरमा मधेश प्रदेश ०२–००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा कमला नगरपालिका–२ बस्ने २२ वर्षीय दिपु यादबको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ढल्केबर अस्पताल धनुषामा उपचारको क्रममा मृत्यु भएको होहाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छदुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सप्तरी, राजबिराज नगरपालिका–४ बजरंग टोल डेरा गरी बस्ने ४० वर्षीया सुनिता यादव आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन्।
यसैगरी सप्तरी, खडक नउगरपालिका–४ श्रीशंकर इँटा भट्टाको गेटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका–११ भेडाबारी नजिक नारायणी नदीमा हालनाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–६ सानो कौवा बस्ने ३६ वर्षीय आशालाल वाईवा आइतबार सोही ठाउँस्थित भिरबाट करिब १ सय मिटर तल मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।