काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नं. १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
त्यस्तै, ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छन् ।
त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । पहिलो मतदान नै सभामुख सापकोटाले गरेका हुन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मतदान गरेका छन् । लामिछानेले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन् ।
त्यस्तै,नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मतदान गरेका छन् ।
त्यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । आज बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन् ।
त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका शर्माले मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको यमुनानन्द नमुना माविमा रहेको ’क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । उनले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि मतदान गरेका छन् । उनले पर्वतको मोदी गाउँपालिकामा रहेको वडा नं. ७ राम्जाको पशुपति मावि ’क’ केन्द्रबाट मतदान गरेका हुन् ।
त्यस्तै, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । मोरङ क्षेत्र नम्बर –६ का प्रतिनिधिसभाका उम्मेदवार रहेका कोइरालाले बिहान ७ः४५ बजे मतदान गरेका हुन् ।