काठमाडौं । नेकपा एमालेले विभिन्न १४ वटा विभागको सचिव मनोनित गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले १४ वटा विभागको सचिव मनोनित गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
विभाग र सचिवहरुको नाम यसप्रकार छ ः
वित्त तथा कोष व्यवस्थापन विभाग ः डा. भीष्म अधिकारी
संगठन विभाग ः सम्झना देवकोटा
उपभोक्ता हित संरक्षण विभाग ः मोहिनी खनाल
श्रम तथा रोजगार विभाग ः जनक चौधरी
संसदीय विभाग ः डा. सूर्य पाठक
सामाजिक सेवा विभाग ः डा. नेत्रप्रसाद तिम्सिना
संस्कृति विभाग ः राजेश थापा
स्थानीय तह विभाग ः हर्क राई
प्रचार तथा प्रकाशन विभाग ः गगन विष्ट
परराष्ट्र मामिला विभाग ः डा. अन्जान शाक्य
संघीय मामिला तथा सामान्य प्रशासन विभाग ः शिव गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग ः पुष्प ज्योति ढुंगाना
अर्थ तथा योजना विभाग ः योगेन्द्र शाही
कानून विभाग ः डिल्लीराम मैनाली