भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १ स्थित सिरु बौद्धिक समाजको १९ औं साधारण सभाबाट विष्णुकाजी थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
आगामी कार्यकालको लागि कार्यसमितिको उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ,सचिव सनोदकुमार थापा, कोषाध्यक्ष नातिकाजी बस्नेत सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा गीताप्रसाद पोखरेल नातिबाबु बुढाथोकी, रामकृष्ण कार्की, सुश्री भगवती थापा, जनार्दन न्यौपाने, मिलन थापा, अमर के.सी. र नवराज गिरी रहेका छन् । यसैगरी सिरु बौद्धिक समाजको विधानमा सूर्यविनायक नगरपालिका वडा नं.१ को अध्यक्ष कार्य समितिको पदेन सदस्य रहने प्रावधान अनुरुप वडा अध्यक्ष सानुकाजी कायस्थ समेत कार्य समिति सदस्य रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि वागमति प्रदेश सभा सदस्य शशीजंग थापाले समाजको १९ औं साधारणसभाको सफलताका साथै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले सामाजिक सेवाको कार्यमा सिरु बौद्धिक समाज र वडाका जनप्रतिनिधिले सहकार्य गर्दै अगाडि बढ्न सुझाव दिए । थापाले स्थानीय विकासमा प्रदेश सभा सदस्यको हैसियतमा सूर्यविनायक नगरपालिका वडा नं.१ को विकास निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष ध्रुवराज विष्टले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने कार्यसमिति लगायत सबै सदस्यहरुलाई धन्यवाद दिँदै नयाँ नेतृत्वको सफलताको निम्ति शुभकामना व्यक्त गरे ।
साधारण सभामा समाजका सचिव सनोदकुमार थापाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गीताप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा सदस्यहरु कुमारप्रसाद चौलागाई तथा श्री सुवास न्यौपाने, महिला वडा सदस्य मञ्जु कार्की, दलित महिला वडा सदस्य कल्पना नेपालीलाई प्रमुख अतिथि शशीजंग थापाले सम्मान पत्र प्रदान गरे
कार्यक्रममा विशेष अतिथि वागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने र स्थानीय सिम बिरुवा खानेपानी उपभोक्ता समितिका सचिव मधुकर थापाले शुभकामना व्यक्त गरे ।

