काठमाडौं । आफ्नो १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी गराउन नेकपा एमालेले प्रतिनिधि छनोट गर्ने क्रममा काठमाडौं उपत्यकाअन्तर्गतका जिल्ला ललितपुर र भक्तपुरमा गरी ३५ जना छानेको छ।
एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले आइतबार दिउँसो दिएको जानकारीअनुसार लतिलपुरबाट १८ र भक्तपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मतरुपले छानिएका हुन्।
जुन यसप्रकार छ :
ललितपुरबाट
खुला : नवराज सिलवाल, मधुसूदन पौडेल, चेतनाथ सञ्जेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा सञ्जेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण व्यञ्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का र रघुनाथ महर्जन।
महिला : मञ्जरी शाक्य र कमला थापा।
दलित : दिनेश अछामी।
भक्तपुरबाट
खुला : शम्भु दाहाल, परासर सापकोटा, निरञ्जन बजगाईं, मिलन सुवाल, राजेन्द्र राजथला, निर्मल भट्टराई, भास्कर प्रधानांग, वचन देउजा, वासुदेव थापा, शशीजंग थापा र मदनसुन्दर श्रेष्ठ।
महिला : बिना बाँस्तोला, नारायणी फुँयाल, तारा बस्नेत, भागीरथा सिटौला र उत्तरा नेपाल।