एजेन्सी । टी–२० विश्वकप लगत्तै न्युजिल्याण्डविरुद्ध हुने सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ । नोभेम्बर १७ बाट सुरु हुने टी–२० सिरिजका लागि रोहित शर्माले भारतीय टिमको कप्तानी गर्नेछन् ।
विराट कोहलीले कप्तान छाडे लगत्तै अब रोहितलेनै टी–२० टिमको नेतृत्व गर्नेछन् । विराट सहित तीन खेलाडीलाई न्युजिल्याण्डविरुद्धको खेलमा आराम दिईएको छ । टी–२० मा हार्दिक पाण्डेयालाई चयन गरिएको छैन । आइपीएलमा उत्कृष्ट प्रर्दशन गरेका केही खेलाडीलाई भारतीय टिममा मौका दिईएको छ ।
न्युजिल्याण्डविरुद्ध रोहितले टिमको नेतृत्व गर्दा केएल राहुल उपकप्तान रहनेछन् । ऋतुराज गायकवडाय, श्रेयस अइयर, सुर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेन्कटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज टिममा छन् ।
न्युजिल्याण्डविरुद्ध केही युवा खेलाडीलाई मौका दिईएको छ । बेन्कटेश अय्यर, आवेश खान, हर्षल पटेल, ऋतुराज गायकवाड जस्ता नामलाई समावेश गरिएको छ । चोटपछि श्रेयसले टिममा पुनरागमन गरेका छन् । युजवेन्द्र चाहल समेत टिममा फर्किएका छन् ।
कोहली सहित जसप्रीत बुमराह र रवीन्द्र जडेजालाई आराम दिईएको छ । ती खेलाडीले लगातार क्रिकेट खेलिरहेका थिए । अष्ट्रेलिया र इङ्ल्याण्डसँग टेष्टपछि आइपीएल खेल्दै विश्वकपमा तीन खेलाडी देखिएका थिए । हार्दिक पाण्डेयाको खराब फिटनेस, खराब फर्मका कारण उनलाई छनोट नगरिएको बताईएको छ । योसँगै उनले आइपीएल र टी–२० मा बलिङ गरेका थिएनन् ।