काठमाडौं । ललितपुर बार एसोसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेसागत कानुन समूहबाट उम्मेदवार राम श्रेष्ठ विजयी भएका छन् ।
विजयी श्रेष्ठले चार सय १९ मत प्राप्त गरे भने, प्रतिस्पर्धी बृहत् प्रगतिशील, पेसागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले १ सय ७० मत प्राप्त गरे ।
उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी भएका छन् ।
महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित भइन् भने, सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी भएका निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले जानकारी दिए। १५ सदस्यीय कार्यसमितिको अवधि दुई वर्षको हुनेछ।