काठमाडौं । नेपाली क्रिकेट हेर्ने दर्शकका लागि अब खेलसँगै आफ्नो अनुमान परीक्षण गर्ने नयाँ डिजिटल विकल्प थपिएको छ ।
SoftNEP ले विकास गरेको निःशुल्क स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्म ‘खेलरो’ले आफ्नो प्लेटफर्ममा नेपाली क्रिकेटलाई समेत समावेश गरेपछि दर्शकले खेलको नतिजा अनुमान गर्दै अंक कमाउन र लिडरबोर्डमा अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सक्ने भएका हुन् ।
खेल सुरु हुनुअघि नै प्रयोगकर्ताले उपलब्ध नेपाली क्रिकेटका खेलमा सम्भावित नतिजाबारे आफ्नो अनुमान राख्न सक्नेछन् । अनुमान सही भएमा अंक प्राप्त हुनेछ । प्राप्त अंकका आधारमा प्रयोगकर्ताको प्रदर्शन लिडरबोर्डमा देखिनेछ, जसले क्रिकेटप्रेमीबीच प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने प्लेटफर्मको भनाइ छ ।
क्रिकेट खेल सुरु हुनुअघि सम्भावित विजेता, खेलाडीको प्रदर्शन तथा खेलको नतिजाबारे दर्शकबीच हुने चर्चा र विश्लेषणलाई डिजिटल प्रतिस्पर्धामा रूपान्तरण गर्ने उद्देश्यले यो सुविधा ल्याइएको बताइएको छ । खेलरोका अनुसार यसको मुख्य उद्देश्य खेल हेर्ने अनुभवलाई अझ अन्तरक्रियात्मक बनाउनु हो । अर्थात् दर्शकले खेल हेर्ने मात्रै नभई खेल सुरु हुनुअघि आफ्नो क्रिकेट ज्ञान र अनुमानसमेत परीक्षण गर्न सक्नेछन् ।
बेटिङ प्लेटफर्म नभएको दाबी
खेलरोले आफूलाई बेटिङ प्लेटफर्म नभई निःशुल्क स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्मका रूपमा प्रस्तुत गरेको छ ।
प्लेटफर्ममा सहभागी हुन पैसा लगानी गर्नुपर्ने व्यवस्था नरहेको र यसको अवधारणा खेलसम्बन्धी ज्ञान, अनुमान, अंक तथा प्रयोगकर्ताबीचको प्रतिस्पर्धामा आधारित रहेको कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले सही अनुमानबाट प्राप्त गर्ने अंकले लिडरबोर्डमा उनीहरूको स्थान निर्धारण गर्न सहयोग गर्नेछ ।
अन्तर्राष्ट्रिय फुटबलपछि नेपाली क्रिकेट
खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो । विभिन्न खेलका नतिजा अनुमान गर्ने, अंक प्राप्त गर्ने र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्ने सुविधा दिँदै आएको प्लेटफर्मले अब नेपाली क्रिकेटलाई पनि आफ्नो दायरामा ल्याएको हो ।
कम्पनीका अनुसार नेपाली क्रिकेट समावेश गर्नुको उद्देश्य नेपालमा बढ्दै गएको डिजिटल स्पोर्ट्स फ्यान संस्कृतिसँग जोडिनु हो ।
खेलप्रेमीहरूले पछिल्लो समय खेल हेर्नेमात्र नभई खेलाडीको प्रदर्शन, सम्भावित नतिजा र रणनीतिबारे सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा सक्रिय रूपमा छलफल गर्ने गरेका छन् । खेलरोले यही सहभागितालाई प्रेडिक्शन र लिडरबोर्डमार्फत थप अन्तरक्रियात्मक बनाउने प्रयास गरेको जनाएको छ ।
खेलरो Android र iOS दुवै प्लेटफर्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेपाली क्रिकेटलाई समेत प्लेटफर्ममा समावेश गरिएसँगै अब क्रिकेटप्रेमीले खेल सुरु हुनुअघि आफ्नो अनुमान राख्ने, खेल सकिएपछि त्यसको परिणाम हेर्ने र आफ्नो प्रदर्शन अन्य प्रयोगकर्तासँग तुलना गर्ने अवसर पाउने भएका छन् ।
यसले नेपाली क्रिकेटका खेललाई मैदानमा हुने प्रतिस्पर्धासँगै डिजिटल प्लेटफर्ममा समेत दर्शकको सहभागितासँग जोड्ने नयाँ अभ्यास सुरु गरेको छ ।