काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसहितको टोली दादुरा प्रकोप प्रभावित क्षेत्र बाँके जाने भएका छन्।
मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमूख डा कृष्ण पौडेलको टोली नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रको अवलोकनका लागि आज बाँके जाने मन्त्रालयका योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले बताए।
गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमणबाट २४६ जना बालबालिका संक्रमित भइसकेका छन् भने १ जनाको मृत्यु समेत भइसकेको छ। गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण पछिल्लो समय,नरैनापुर,कोहलपुरसम्म पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको समेत जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि दादुरा-रूबेलाविरूद्धको खोप अभियान शुरू गरिएको छ। हाल नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाइ ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई तीव्र रूपमा खोप लगाइएको छ।