काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा बलियो सरकार दिने प्रणाली नहुञ्जेल समृद्धि सम्भव नरहेको बताएका छन् । शनिबार (आज) पार्टीको मधेस काठमाडौं आम सम्पर्क मञ्चको प्रदेश स्तरीय भेलामा सम्बोधन गर्दै उनले प्रणाली परिवर्तन गर्नुपर्ने धारणा राखेका हुन् ।
ुतपाईंको घर अस्थिर बनिराख्यो, को गार्जियन हो भन्ने ठेगान नै हुँदैन, उसको कुरा चल्छ कि यसको कुरा चल्छ, को हो मुख्य हो भन्ने थाहै हुँदैन भने त्यो घर बन्छरु त्यो देश बन्छरुु, उनको प्रश्न थियो।
उनले अहिले मिश्रित निर्वाचन प्रणाली र संसदीय व्यवस्थामा कसैको बहुमत नआउने बताए । बहुमत नआएपछि कस्तो सरकार बन्छ ? खुट्टा एउटाको, हात अर्कोको, अनि यो सरकार चल्छ । एउटाले एउटा भाषा बोलिरहेको हुन्छ, अर्कोले अर्को भाषा बोलिरहेको हुन्छ । पुच्छर उता घुमिरहेको हुन्छ, टाउको यता घुमिरहेको हुन्छ । अनि यो सरकारले कसरी उत्साह भर्न सक्छ ? उनले सोधे।
उनले नेपालको प्रणाली फरकफरक पार्ट जोडेर बनाइएको गाडी जस्तो भएको बताए । एउटा गाडीमा ट्याक्टरको स्टेरिङ, मोटरसाइकलको चक्का र ट्रेनको नोजल लगाउनुभयो भने त्यो गाडी चल्छ कि चल्दैनरु अहिलेको नेपालको व्यवस्था भनेको यस्तै किसिमको व्यवस्था हो ।
मिलिजुली भागबण्डा । भागबण्डाको आधारमा बनाइएको राज्यव्यवस्था । जसलाई हामी खिचडी व्यवस्था बन्न सक्छौँ। भागबण्डाको व्यवस्थाले देश बनेको छैन, बन्न पनि सक्दैनु, उनले भने।
अहिलेकै जस्तो व्यवस्था राखेर देशलाई समृद्ध गर्छु भन्नु भनेको गोरुले दूध दिन्छ भनेजस्तै भएको उनले टिप्पणी गरे । गोरुले दूध नदिएजस्तै नेपालमा यो व्यवस्थाले समृद्धि सम्भव छैनु, उनले भने।
साहले अब नेपाली जनताले ढिला नगरी व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।