काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताएका छन् । उनले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि तीन तहकै सरकार एक भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
काठमाडौं महानगरपालिका वडा नं १० ले शनिबार आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रको विकासका लागि तीन तहकै सरकार एक भएर अघि बढ्नुपर्ने बताए।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद सिंहले स्थानीय सरकारमार्पmत जनताका गुनासा सुनुवाइ गर्ने प्रणालीलाई संस्थागत गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश सरकारका पर्यटन तथा सम्पदामन्त्री दीपेन्द्र श्रेष्ठले, विकास निर्माणमा राज्यको खर्च भइरहने तथा नतिजा नदेखिने प्रणालीमा सुधारको खाँचो रहेकामा जोड दिए ।
बिजुलीका नाङ्गो तारलाई छोप्नुपर्ने, सडक, ढल र खानेपानी वितरण प्रणालीको नियमित मर्मतसम्भार गर्नुपर्ने, रोजगार प्रवद्र्धन र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम जोड दिनुपर्नेजस्ता सुझाव प्राप्त दिइएको थियो ।
त्यसैगरी फोहरमैला व्यवस्थापनका लागि क्षेत्र नं १ मा ट्रान्सफर स्टेशन बनाउनुपर्ने, मगर गाउँमा सडक र पानी पुर्याउनुपर्ने र पूजा प्रतिष्ठानमा रहेको ढुङ्गेधाराको पानी पिउनयोग्य बनाउनुपर्ने माग छ ।
महिला उद्यमशीलता प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरणमा नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा रत्नराज्य विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुन नसकेकाले यसलाई सुरुआत गर्नुपर्ने सहभागी वक्ताहरूले धारणा राखेका थिए ।
त्यसैगरी मेलम्चीकोे पानी वितरण गर्दा कतै चुहिएर खेर गइरहेको छ भने कतै पानी नै आउँदैन । यसको वितरण प्रणालीलाई मिलाइदिन आग्रह गरिएको थियो ।