सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशन कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच विवाद भएको छ ।
बिहीबार (प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषयलाई लिएर दुई पक्षबीच विवाद सृजना हुँदा माइक खोसाखोस भएको हो ।
संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र आफना पार्षदहरुको नाम काटिएको संस्थापन पक्षधरको आरोप छ । यही विषयमा लिएर दुई पक्षधरबीच माइक खोसाखोस भएको अधिवेशनमा सहभागी एक पत्रकारले बताए ।
‘संस्थापन इतरका साथीहरुले मनमौजी रुपमा पार्षदहरु हाल्ने, फाल्ने गरेको देखिएको उनले बताए । त्यही कुरामा विवाद हुने क्रममा हुम्लाका एक प्रतिनिधिले माइक नै चुडाइँ दिएको उनको भनाइ छ ।
कार्यक्रममा बिवाद हुँनुको प्रखुख कारण भने प्रमुख अतिथीको विषयलाई लिएको भएको कार्यक्रममा सहभागी अर्का पत्रकारले बताए । संस्थापन इतर पक्षले प्रमुख अतिथिका रुपमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई बोलाइएको थियो ।
तर संस्थापन पक्षले कुनै पनि प्रोटफोलियो नभएका रिजाललाई प्रमुख अतिथि बनाउँन नुहँने भन्दै दुई तीन दिन अगाडी देखि नै विरोध गर्दै आएको थियो । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका काँग्रेस कार्यसम्पादन समितीका सदस्य जीवन बहादुर शाहीलाई नै प्रमुख अतिथि बनाउँनु पर्ने संस्थापन पक्षको अडान थियो ।
तर संस्थापन इतरले त्यसो नगरेपछि पार्षदको विषयलाई उचालेर विवाद सृजना भएको सहभागीहरुले बताएका छन् ।कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता हृदयराम थानीलगायत सहभागि थिए ।