काठमाडौं । प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालमा एक अर्ब २ करोड ७० लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । पाँच वर्षको अवधीमा सांसद ,कर्मचारीको तलब भत्ता र भवन निर्माण, सवारी खरिद, मर्मत सम्भारलगायत शीर्षकमा एक अर्ब २ करोड ७० लाख ३४ हजार ८०६ रुपैयाँ खर्च भएको हो ।
प्रदेश सभा सचिवालयको स्थापना २०७४ माघ १७ गते भएको थियो । जिल्ला समन्वय समितिको भवनमा स्थापना भएको प्रदेशसभा सचिवालयले सोेही कार्यालय परिसरमा २ करोड ५९ लाखलागतमा छुटै बैठक भवन बनाएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार २०७४ साल माघ १७ गतेदेखि २०६९ असोज १ गतेसम्म प्रदेशसभाको सम्पूर्ण शीर्षकमा सो खर्च भएको हो । प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशले स्थायी राजधानी तोके पनि आफ्नो नाम राख्न सकेन् ।
प्रदेशसभाको पहिलो कार्यकालको १० वटा अधिवेशनमा २९४ वटा बैठक बसेको थियो । पाँच वर्षको अवधीमा प्रदेश सभाबाट तीन वटा सरकार गठन भएका थिए ।
पाँच वर्षको अवधीमा ६२ वटा सरकारी विधेयक र दुई वटा नियमावली पास गरेको प्रदेश सभाले पाँच वर्षमा सांसद, कर्मचारीको तलब भत्ता, सुविधालगायत शीर्षकमा ९चालु तर्फ० ८० करोड ७९ लाख ६० हजार ३८० रुपैयाँ खर्च गरेको थियो । यो छुट्याएको बजेटको ६४ प्रतिशत हो । पाँच वर्र्षमा चालु तर्फ १ अर्ब २६ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
प्रदेश सभा सचिवालयका अनुसार पूजीगततर्फ पाँच वर्षमा ३७ करोड ५६ लाख १८ हजार बजेट विनियोजन भएको थियो । जसमा २१ करोड ९० लाख ७४ हजार ४२६ रुपैयाँ खर्च भयो । यो खर्च पूजीगत तर्फको बजेटको ५८.३२ प्रतिशत हो ।
चालु र पूजीगत तर्फ प्रदेशसभाले पाँच वर्षमा एक अर्ब ६३ करोड ७५ लाख ८७ हजार ५७६ रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा एक अर्ब २ करोड ७० लाख ३४ हजार ८०६ रुपैयाँ खर्च भएको सचिव पराजुलीले जानकारी दिए ।
पहिलो कार्यकालमा प्रदेशसभा सचिवालयले वार्षीक सरदर करिब २० करोड ५४ लाख ६ हजार ९६१ रुपैयाँका दरले खर्च गरेको छ ।