काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पौष १० (आइतबार) देखि मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । आइतबारदेखि सुरु भई १२ गतेसम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ ।
यी केन्द्रमध्ये ३ वटा काठमाडौँ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। त्यसैगरी , बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौडा , धनगढी , नेपालगन्जमा रहेका छन् ।
यस क्याम्पमा टाटाका ूपेसेन्जरू श्रेणीका गाडीहरुको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ । यस्तो जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने जनाइएको छ ।
म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशःस् १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस , सस्पेन्सन चेक(अप , ब्याट्री र इलेक्ट्रिकल चेक(अपको सुविधा पनि निस्शुल्क प्रदान गरिनेछ।
यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु ४ हजार नगद फिर्ताको पनि व्यवस्था रहेको बताइएको छ।
ूहाल नेपालमा टाटाका प्यासेन्जरू श्रेणीका गाडीहरू बजार द्रुत गतिमा विस्तार भइरहेको छ ।
यसै सन्दर्भमा यस्ता गाडीहरूको ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगासर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीको भनाइ छ ।