काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन् । शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए । पौडेलले भने, हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ ।
हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ,’ ‘यो असाध्यै चुनोतीपूर्ण छ। हामीले मत प्राप्त ग¥यौं अब मन जित्न जरुरी छ ।’
उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे । नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए ।
‘जिताइयो अब यसले मात्रै सबैथोक गर्छ भनेर नछोडिदिनुहोला तपाईहरुको नै साथ चाहिन्छ । हामीले भनेका कुरा पूरा गर्न जरुरी छ,’ उनले भने, ‘हाम्रा प्रतिवद्धतामा हामी अडिग छौँ। राजनीतिक व्यथितिको अन्त्य गर्नेछौँ । स्थानीय समस्या समाधान गर्नेछौँ। कुरा भन्दा पनि हामीले गरेका कुरा पूरा गर्ने कुरामा हामी लाग्नेछौँ ।’
नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिवद्धता जनाए ।