काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । दलहरुमाथिनै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाई थियो ।
शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एकदिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रह समेत गरे ।
उनले सचेत समुदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पनि पटक पटक ध्यानाकर्षण गराए ।
उनले भने, ‘चुनाव सकिन लागेको छ । अब मत गणनाको अन्तिम अवस्थामा गएको छ । लोकतन्त्रमा रोज्न पाउने हो स्वतन्त्र व्यक्ति वा विभिन्न पार्टीहरू पनि । तर जे खालको संकेतहरु आएको छ । त्यो संकेत सुखद् छ त रु कुनै एउटा पार्टी पक्षधरताको कुरा नगरीकन पार्टीप्रतिको असन्तुष्टि त्यो एमालेको, काँग्रेसको, माओवादीको वा अर्को, अर्कोको कुरा होइन । पार्टी होइन स्वतन्त्र । स्वतन्त्र पनि पार्टी भएको छ एउटा । तर, त्यो पार्टी भन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको कि रु स्वतन्त्र हुँदै नहुने भन्ने होइन । विचारमा त्यो पनि हुन्छ । तर बहुदलीय परिपाटी हामीले संघर्ष गरेर यत्रो बलिदानीका साथ ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठने कुरा किन भइराखेको छ । अब सोच्ने बेला आएको छ । हरेक दलभित्र सोच्नुपर्ने बेला भएको छ ।’
उनले भने, ‘अनि हामीहरू रसातलतिर जाने अनि अरुले राम्रो गरेको छ भनेर कसो होला र । त्यसकारण यहाँहरुजस्तो बौद्धिक व्यक्तित्वहरु, जो देशको हर क्षेत्रमा हुनुहुन्छ । त्यो क्षेत्रबाट देशलाई कसरी अगाडि लैजाने भन्ने बारे सोच्नु पर्दछ । विभिन्न क्षेत्रमा रहेका संस्थाहरुले, व्यक्तिहरुले दलहरुलाई सुशासन, भ्रष्टाचार नियन्त्रण, चुहावट रोक्नका लागि के गर्नुपर्यो रु एउटा सामान्य काम लिएर गएका नागरिकले दुःख पाउने रु धेरै ठूलो माग भएर पनि मानिसको दलहरुप्रति असन्तुष्टि छैन । सानो सानो कुरा पनि किन डेलिभरी भइरहेको छैन रु मैले भन्यो भने पनि बायस हुन्छ । दलहरुलाई अब तिमीहरूको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नुपर्यो नि । त्यस हिसाबले भन्ने गरी तपाईंहरु विना आग्रह पार्टीमा लाग्नुपर्छ तपाईहरु जस्तो सचेत व्यक्तिहरू । सचेत व्यक्तिहरूको दवावले नै नेताहरू, पार्टीहरूमा करेक्सन हुने हो । त्यसरी मात्रै हाम्रो संघीयता, लोकतन्त्र र गणतन्त्र बलियो हुन्छ ।’
अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढन ढिलाई गर्न नहुने बताए । त्यस अवसरमा उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको खुलेर प्रशंसा समेत गरे ।