काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ९ जनाको घटनास्थलमा र ४ जनाको उपचारको क्रममा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।
दुर्घटनामा घाइते भएका २१ जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बसको सह–चालक सुनापति गाउँपालिका–५ घर भएका विष्णुराम खड्काको बनेपास्थित शिर मेमोरियलमा उपचार भइरहेको छ ।
धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरूः
१. जुना मगर, (४५ वर्ष) सुनापति–५ रामेछाप ।
२. राम बहादुर श्रेष्ठ, (४५ वर्ष) सुनापति–५ रामेछाप ।
३. आशिष तामाङ, (३४ वर्ष) सुनापति–५ रामेछाप ।
४. लाल सिङ तामाङ, (४५ वर्ष) सुनापति–५ रामेछाप ।
५. शोभा श्रेष्ठ, (३५ वर्ष) सुनापति–५ रामेछाप ।
६. गोमा खड्का, (५८ वर्ष) सुनापति–५ रामेछाप ।
७. बुद्ध तामाङ, (२४ वर्ष) सुनापति–५ रामेछाप ।
८. अमिका खड्का, (६२ वर्ष) सुनापति–५ रामेछाप ।
९. कान्छीमाया तामाङ, (४५ वर्ष) सुनापति–५ रामेछाप ।
१०. गंगा घले, (२४ वर्ष) सुनापति–५ रामेछाप ।
११. मान बहादुर तामाङ, (५८ वर्ष) सुनापति–५ रामेछाप ।
१२. बुद्धिलाल श्रेष्ठ, (५६ वर्ष) सुनापति–५ रामेछाप ।
१३. बुद्ध बिक, (७ वर्ष) सुनापति–५ रामेछाप ।
१४. चन्द्र श्रेष्ठ, (५५ वर्ष) सुनापति–५ रामेछाप ।
१५. ठुलो सिंह तामाङ, (८० वर्ष) सुनापति–५ रामेछाप ।
१६. सरस्वती खाती, (१६ वर्ष) सुनापति–५ रामेछाप ।
१७. डम्बर कुमारी खाती, (४० वर्ष) सुनापति–५ रामेछाप ।
१८. कान्छीमाया तामाङ, (४९ वर्ष) सुनापति–५ रामेछाप ।
१९. सबिना घिसिङ, (२३ वर्ष) सुनापति–५ रामेछाप ।
२०. अमर चौधरी, (३८ वर्ष) लालबन्दी–४ सर्लाही ।
२१. विष्णुराम खड्का, (१९ वर्ष) सह–चालक । बनेपा स्थित शिर मेमोरियलमा उपचार भइरहेको छ ।
३ जना घाइतेलाई कैलाश एयरको हेलिकप्टर मार्फत काठमाडौंमा ल्याएर उपचार भइरहेको छ । लुभुखोलामाथिको घुम्तिबाट बस तल खसेको थियो ।