काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापिय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ भने, प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने, प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र कर्णाली प्रदेश र मधेस प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, भोलि दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने, प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राती प्रदेश १, वाग्मती प्रदेश ,गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने, प्रदेश १, मधेश प्रदेश, वाग्ममती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यो समयमा प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका भू-भागहरूका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।