काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
अहिले प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने, देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था रहेको महाशाखाले उल्लेख गरेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने, प्रदेश १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने, प्रदेश १, मधेश प्रदेश, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, भोलि दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। अपराहन पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
राती प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।