काठमाडौं - शरीरमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुनुलाई मधुमेह भनिन्छ । मधुमेह एक दिर्घ रोग हो जसले शरीरका संवेदनशील अंगहरु आँखा , स्नायु, मुटु , मृगौला र खुट्टामा असर पुर्याउँछ ।
मधुमेहलाई चिनी रोग पनि भन्ने गरिन्छ । यस रोगले सबै भन्दा बढि आँखामा असर पुर्याउँने गर्दछ । मधुमेहले आँखामा पुर्याउँने समस्यालाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । डाइबेटिक रेटिनोपेथी मानिसलाई दुष्टिविहिन गराउँने कारण मध्ये एक हो ।
मधुमेहले दुष्टिपर्दाको रक्तनलीमा असर पुगी रक्तश्राव र चिल्लो जमेर डाइबेटिक रेटिनोपेथी हुन्छ जसको समयमै उपचार नगरे दुष्टिपर्दामा अत्याधुनिक सुजन, रक्तश्राव तथा पर्दा उप्कन गई सधैका लागि दुष्टि गुम्न पनि सक्छ ।
मधुमेह रोग भएको २० वर्षको अवधिमा पहिलो प्रकारको मधुमेह रोग लागेका प्रायः सबैजसो बिरामीहरुमा र दोस्रो प्रकारको मधुमेह रोग लागेका करीब ७० ८० प्रतिशत बिरामीहरुमा डाइबेटिक बिरामीहरुमा रेटिनोपेथी देखिन्छ ।
मधुमेह रोग नियन्त्रणमा नहुने व्यक्तिहरुमा मधुमेह रोग लागेको अवधि बढ्दै जाँदा , गर्भवती अवस्था, उच्च रक्तचाप ,रगतमा चिल्लोको मात्रा बढी हुने , तथा भूम्रपान गर्ने व्यक्तिहरुमा डाइबेटिक रेटिनोपेथी बढी देखिन्छ ।
लक्षणहरु
आँखाको दुष्टिपर्दामा असर हुन्जेल सम्म कुनै लक्षण देखा नपर्न पनि सक्छ ।
आँखा धमिलो हुने , बस्तुको आकृति बाङ्गोटिङ्गो देखिने , जस्ता लक्षण देखिदा सम्म आँखाको दुष्टिपर्दा खराब भइसकेको हन्छ ।
थाहा पाउँने तरीका
नेत्र विशेषज्ञद्धारा आँखाको नानी फुलाई दुष्टिपर्दा जाँच गर्दा शुरुको अवस्थामा यस रोगको असर पहिचान गर्न सकिन्छ । साथै विशेष किसिमको ,,,,,को माध्यमबाट दुष्टिपर्दाको फोटो खिचेर पनि रोगको पहिचान गर्न सकिन्छ ।
रोकथामका उपाय
मधुमेहको समयमै पहिचान
मधुमेहका बिरामीले रगतमा चिनीको मात्रा, चिल्लोको मात्रा र उच्च रक्तचाप सँधै नियन्त्रणमा राख्नुका साथै धूम्रपानबाट टाढा रहनुपर्छ ।
मधुमेह रोगको पहिचान हुनेबित्तिकै आँखाको दुष्टिपर्दाको जाँच गराउनुपर्छ र प्रत्येक वर्ष कम्तिमा एकपटक आँखा जाँच गर्नुपर्छ ।