काठमाडौं । नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ९ औं स्वर्ण पदक जितेको छ ।
तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेसँगै नेपालको स्वर्ण संख्य ९ पुगेको छ ।
३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ ।
यसअघि नेपालका लागि तेक्वाङ्दोको पुम्सेमा पार्वती गुरुङले स्वर्ण जितेकी हुन् । उनले २४—२९ उमेर समूहमा ८।२५० अंक ल्याएर स्वर्ण पदक हात पारेकी हुन् ।
यस्तै कराँतेको पुरुष कुमुतेमा लक्ष्मण तामाङले नेपालको लागि पहिलो स्वर्ण जितेका र्थि ।
५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १—० ले पराजित गरे ।
कराँतेमा मण्डेकाजी श्रेष्ठले सिंगाल काता र समूहगत कतामा स्वर्णपदक दिलाएका छन् ।
सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो स्वर्ण जितेकी छिन् । सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् ।
सिनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते ।
यस्तै तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।
ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।
सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।
यसअघि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण दिलाएका थिए ।
यस्तै कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४।८८ रह्यो ।