पवित्रा राई/सरिता श्रेष्ठ
काठमाडौं । आगामि माघ २५ देखि तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । रेडियो दिदीबहिनीले रेडियोको ९ औँ बार्षिकोत्सबको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी रेडियो दिदीबहिनीका अध्यक्ष कल्पना चापागाईले पर्वत सदरमुकाम कुश्मा बजारमा प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो । आयोजकका अनुसार प्रतियोगितामा कम्तिमा ६ टोलीको सहभागिता रहने छ ।
त्यस्तै डान्स आइडल, खुला दौड, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन लगायतका प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
भलिबलको पुरस्कार राशि विजेताले २ लाख, द्धितियले १ लाख र तृतियले ५० हजार रुपैयाँ रहेको छ । डान्स आईडलको प्रथम पुरस्कार रु. ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रहेको छ ।
त्यस्तै, खुल्ला दौडतर्फ क्रमश प्रथम द्धितिय र तृतिय पुरस्कार रु. २५ हजार, १५ हजार र १० हजार राखिएको छ । ¥याली प्रतियोगिताको प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार तथा रत्यौली प्रतियोगिताको प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई दश हजार प्रदान गरिनेछ ।
त्यस्तै भजन प्रतियोगिताको लागि प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई १० हजार र तेस्रो हुनेलाई ७ हजार बराबरको पुरुस्कार व्यवस्था गरिएको छ ।