काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाए।
उनले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पारे।
'संविधान किन लेखिएको थियो भन्ने कुरा पूर्वसभामुखलाई बढी थाहा छ । हामीले अनुरोध गरेका हौँ । त्यो ह्वीप होइन । अरु पार्टीलाई पनि त हामीले अनुरोध गरेका हौँ । एमालेकै पार्टीका नेतालाई पनि अनुरोध गरेका हौँ। उहाँले संविधानतह अनुरोध गर्न पनि पाइँदैन भने त्यो कहाँको नियम हो', प्रधानमन्त्रीले भने,'उहाँले दिएका केही सुझाव मननयोग्य छन्। ऋण लगाएर सापट लिएर भएपछि नेपाली जनतालाई खोप पुर्याउने उने प्रतिवद्धता गरेका छौँ । दिलाउँछौ । देखिने किसिमका केही काम हामी गर्न चाहन्छौँ।'