काठमाडौं । गृह मन्त्रालयका अनुसार गएरातिसम्म देशभरका ५३ जिल्लामा जिल्लाभरी तथा अन्य १० जिल्लामा आंशिक रूपमा निषेधाज्ञा लागू गरिएको छ । पूर्ण रूपमा लकडाउन भएका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन छन् ।
यस्तै, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान, बाजुरा, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिराहा, पश्चिम नवलपरासी छन् ।
मोरङ, दार्चुला, कालिकोट, स्याङ्जा, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै, आंशिक रूपमा निषेधाज्ञा भएका जिल्लामा काभ्रे, पर्वत, मकवानपुर, सिन्धुपाल्चोक, रामेछाप, ताप्लेजुङ, तनहुँ, इलाम, धनकुटा, रामेछाप र म्याग्दी छन् । निषेधाज्ञा लागू नभएका १४ जिल्लामा पनि संक्रमण बढ्दै गएको छ ।