काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बुधबार बिहान ८ बजे देशबासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसर पारेर मुलुकको पछिल्लो राजनीतिक तथा आर्थिक र देशको समग्र अवस्थाका बारेमा देशबासीका नाममा सम्बोधन गर्न लागेका बताइएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम छ ।