काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । यसअघि चैत २७ गते बस्ने भनिएको बैठक आज (सोमबार) सम्मका लागि स्थगित गरिएको थियो ।
बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि बढाउने सम्भावना रहेको छ । कांग्रेसले यसअघि चैत १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गरी केन्द्रमा जानकारी दिन निर्देशन दिए पनि विभिन्न जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरण गर्न सकेका छैनन् ।
चैत २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाए पनि काम सम्पन्न हुन सकेको छैन ।