काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहको स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक काठमाडौँको कलंकीस्थित मेगा पार्टी प्यालेसमा बस्न लागेको हो ।
बैठक दिउँसो ३ बजे बस्ने एमालेका प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिएका छन् । बैठकले केही दिन अगाडि सम्पन्न बृहत् राष्ट्रिय कार्यकर्ता भेलामा पेश भएको अवधारणा पत्रलाई भेलाबाट आएका सुझावहरु समेटेर अन्तिम रुप दिने भएको छ ।
शुक्रबार बसेको बैठकले भेलामा बनाइएका १० वटा टोलीले दिएको सुझावसहित उक्त अवधारणा पत्रलाई प्रकाशन गरेर पार्टीव्यापी रुपमा वितरण गर्ने निर्णय गरेको थियो । शुक्रबारको बैठकले अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनका लागि उद्धत रहेको निष्कर्ष निकालेको थियो ।