काठमाडौं । नेपाली कांग्रेसले शनिबार बस्ने गरि आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शनिबार बिहान ११:३० बजे बस्ने गरि कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
त्यसैगरि शुक्रबार साँझ निधन भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्र राज जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको छ । श्रद्धाञ्जलीका लागि नेता जोशीको पार्थिव शरीर बिहान शनिबार मध्यान्ह १२.०० देखि २:०० बजेसम्म श्रद्धाञ्जली अर्पण गरिने भएको छ ।
मष्तिष्कघातपछि निर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार साँझ निधन भएको हो । उनको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवालगायतका नेता कार्यकर्ताहरुले दु:ख व्यक्त गरेका छन् ।