राष्ट्रिय शक्ती नेपालका अध्यक्ष एवं पूर्वमन्त्री केशरबहादुर विष्टले संसारको कुनै पनि व्यवस्था नराम्रो भन्न नमिल्ने बताउनु भएको छ ।
अहिलेको राजनीतिवृत्तमा भैरहेको घोचपेच अमानवीय भएको समेत उहाँले औल्याउनुभयो । अहिलेको सरकारको अलोचना बाहेक अरु केही उपलब्धि नभएको टिप्पणी गर्नुभयो ।
सरकारमा रहेकाहरुले अनेकै बहनाबाजी र प्रचारबाजी गरेको उहाँले आरोप लगाउनुभयो । “रिस उठेर मन नपरेपछि मान्छेको सासै गन्ध आउछ भने जस्तो खराब वातावरण नेपाली राजनितीमा बन्दै गएको छ।”उहाँले भन्नुभयो ।
क्यापिटल टिभीको कार्यक्रम सिधा कुरामा कुराकानी गर्दै,“सात साल पछिको राजनिती दाउपेचको मात्र चल्यो”,उहाँले भन्नुभयो,“नेपाली राजनीतिमा खराब संस्कार हावी भएको छ ।”
नेपाली काङ्ग्रेसका नेता नविन्द्रराज जोशी बिरामी हुदा सरकारले दिएको दश लाख जोशीले नकारेको प्रति उहाँले प्रशंसा गर्नुभयो । यद्यपि काङ्ग्रेको समर्थनमा भने आफु नभएको उहाँले बताउनुभयो ।
काङ्ग्रेस नेता नविन्द्रराज जोशी जस्तै नेता मुलुकलाई आवश्यता परेको पनि उहाँले बताउनुभयो । राज्यको ढुकुटीको मन पर्दी प्रयोग भैरहेका बखत जोशी नेता पाउनुमा नेपालीले गर्व गर्नुपर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
अहिले मुलुकलाई शुद्ध नैतिकता भएको नेता खाचो रहेकोपनि उहाँले बताउनुभयो ।
पूरा भिडियो हेर्नुहोस्...