नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दीक्षितले नागरिक समाज माइतीघर मण्डलामा भएको बताउनुभएको छ । सानो जमात जोडिदा बखत पनि समाज त हुने तर नागरिक समाज भने कदापि नहुने उहाँले जिकिर गर्नुभयो ।
जहिले पनि सत्यतथ्यका साथ जन हित र राष्ट्रिय हितका लागी नितान्त जो उत्रिन्छ उसलाई नै नागरिकले नागरिक समाज भनेर बुझ्ने गरेको उहाँले बताउनुभयो ।
पार्टीको झण्डाका पछि लागेर आउनेलाई नागरिक समाजमा स्वीकार्य नभएको पनि उहाँले बताउनुभयो । नागरिक समाज हुन विशुद्ध राष्ट्रिय हित र जनहितका विषय उठान गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
क्यापिटल टिभीको कार्यक्रम सिधा कुरामा पत्रकार कृष्ण तिमल्सिनासँग कुराकानी गर्दै,“राजनीतिक शक्तिले गरेका गतिविधि नियालेर सहिलाई सहि र गलतलाई गलत भन्न सक्ने मात्र नागरिक समाज हो ।,”उहाँले भन्नुभयो ,“एजेन्डा बोकेर आएका व्यक्तिलाई म कदापि नागरिक समाज भन्दिन ।”
यस्तै उहाँले नागरिक समाज आफुले जन्माएको दाबी गर्नुभयो । “न दबेन्द्रराज पाण्डे , न कृष्ण पहाडी नागरिक समाज भनेर जन्माएको हामीले हो ।”उहाँले भन्नुभयो ।
नागरिक समाजको स्थापनामा राजेश्वर आचार्य,डा.सुरेन्द्र के.सी.,शुसील आमात्य,विष्णु पुकार श्रेष्ठ लगायतका व्यक्तिहरुले योगदान पुर्याएको उहाँको भनाई छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देश समृद्ध बनाउन तर्फ नागरिक समाजको अहम भुमिका रहेको उहाँले बताउनुभयो ।
पुरा भिडियो हेर्नुहोस्........