काठमाडौं । नेपाली युवाहरुले अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक आयाजना गरेको “बालेन कप २०२६” भलिवल प्रतियोगितामा पुरुषतर्फ म्याग्दी काली र महिलातर्फ बुकिपाटन विजयी भएका छन् ।
शनिबार अबर्न बास्केटबल सेन्टर, लिडकाँम्बेमा सम्पन्न खेलमा आयोजक रेड राईनोज भलिवल क्लब उपविजेता बनेको छ । प्रतियोगितामा पुरुषतर्फ मदन साउँद वेस्ट प्लेयर, केशव छन्त्याल वेस्ट सटेर, मिलन परियार वेस्ट ब्लकर, किसान गुरुङ वेस्ट सर्भर र पारस भण्डारी वेस्ट स्पीकर बनेका छन् ।
त्यस्तै महिलातर्फ कुसुम छन्त्याल वेस्ट प्लेयर, वेस्ट सटेर प्रतिक्षा गुरुङ, वेस्ट सर्भर तेल्लिना छन्त्याल र इन्दिरा पुन वेस्ट स्पीकर बन्न सफल भएका छन् । विजेता टीम म्याग्दी कालीले १५ सय डलर, ट्रफी, पदक, प्रमाणपत्र र उपविजेता रेड राइनोजले १ हजार डलर, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै महिलातर्फ बुकिपाटनले ८ सय डलर, ट्रफी, पदक र प्रमाणपत्र र उपविजेता पोखरा भलिवल टिमले ५ सय डलर, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
खेलकुद क्षेत्रको प्रवद्र्धन र विदेशी भूमिमा नेपाली समुदायबीचको आपसी मेलमिलाप र सहकार्यलाई पनि बढाउन प्रतियोगिताको आयोजना गरिएको एनभीए जापानका पूर्व उपाध्यक्ष एव् प्रतियोगिताका आयोजक मदन साउदले बताए ।