काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १९ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १०, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् ।
हालसम्म नेपाली कांग्रेसका शेरबहादुर देउवा डडेलधुराबाट, तनहुँ २ मा शंकर भण्डारी, ललितपुर १ – उदय शमशेर राणा, काठमाण्डौ ४ – गगनकुमार थापा, रसुवा- मोहन आचार्य, काठमाण्डौ ५ – प्रदीप पौडेल, काठमाण्डौ ३ – सन्तोष चालिसे, काठमाण्डौ १ – प्रकाशमान सिंह, मुस्ताङबाट योगेश गौचन थकाली र
मनाङबाट टेकबहादुर गुरुङ विजयी भएका छन् ।
एमालेतर्फ उदयपुर २ – अम्बर बहादुर रायमाझी, ललितपुर २ – प्रेमबहादुर महर्जन, काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाण्डौ २– सोविता गौतम, काठमाण्डौ ७– गणेश पराजुली, काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।
त्यस्तै, एकीकृत समाजवादीतर्फ अछाम १ – शेरबहादुर कुँवर विजयी भएका छन भने राप्रपाबाट बाँके २ – धवल शमशेर राणा, नागरिक उन्मुक्ति पार्टी कैलाली ३ – गंगाराम चौधरी विजयी भएका छन् ।