काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन आजदेखि पैचिङमा शुरु भएको छ । चीनका राष्ट्रपति सी चिनफिङले १९औं केन्द्रीय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गरेका छन् ।
सीले प्रतिवेदन सुनाउँदै चीनले समाजवादी उच्चस्तरीय बजारमूलक आर्थिक व्यवस्था बनाउने, समाजवादी आधारभूत आर्थिक प्रणालीलाई कायम राख्नुका साथै पूर्णता दिलाउने, सार्वजनिक स्वामित्वको अर्थतन्त्र दृढताका साथ विकास गर्ने, गैर–सार्वजनिक स्वामित्वको अर्थतन्त्र दृढताका साथ प्रेरित गर्ने, समर्थन तथा निर्देशित गर्ने, श्रोतको मध्यस्थताका क्रममा बजारको निर्णायक भूमिकालाई सकारात्मक रूपमा निर्वाह गर्ने र सरकारको भूमिका अझ राम्ररी निर्वाह गर्ने बताएका छन् ।
यस्तै चीनले उच्चस्तरीय वैदेशिक खुलापन अगाडि बनाउने, शक्तिशाली व्यापारिक मुलुकलाई द्रुतरूपमा अघि बढाउने, बीआरआईको संयुक्त रूपमा उच्चगुणस्तरीय विकास गर्ने र बहु–स्थिर अन्तर्राष्ट्रिय आर्थिक बनौट तथा आर्थिक व्यापारिक सम्बन्धलाई कायम राख्न पहल गर्ने पनि बताएका छन् ।
कार्यप्रतिवेदनमा चर्चा गर्दै उनले चीनले वातावरण प्रदूषणको प्रतिरोधलाई अघि बढाएको, निरन्तर रुपमा नीलो आकाश, पानी र सफा जमीनको संरक्षण गरिरहेकोले आधारभूत रूपमा गम्भीर प्रदूषण हटाएको, सहरी प्रदूषित पानीको समस्या हल गरेको, माटो प्रदूषणको प्रतिरोध गरेको, वातावरणसम्बन्धी पूर्वाधारको निर्माण गरेको र सहर तथा ग्रामीण क्षेत्रको वातावरण सुधार गरेको बताएका छन् ।
यस्तै, चीनले आफ्नो अडान तथा नीतिको निर्णय गर्दै आएको, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय न्यायिक निष्पक्षताको संरक्षण गरेको बताएका छन् । महाधिवेशनमा २३ सयभन्दा बढी प्रतिनिधिहरू तथा विशेष प्रतिनिधिहरूले भाग लिएका छन् । आजदेखि सुरु भएको महाधिवेशन अक्टोबर २२ तारिखसम्म चल्नेछ ।