काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन् । शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा ९माओवादी केन्द्र०, नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
प्रवक्ता महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए । उनले शमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर गर्नेकाम गठबन्धनबाट नै सम्भव रहेको बताएका छन् ।
उनले देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यक्ता भएको जिकिर गरे । प्रवक्ता महतले रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीको लागि लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको बताए । उनले आगामी निर्वाचन गठबन्धनले जितेमात्रै देशले लय समात्ने बताएका छन् ।
उनले भने, ‘देशमा अब समृद्धिको विकल्प छैन । नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुछ । रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गर्नुछ । त्यसका लागि समृद्धि आवश्यक छ । समृद्धिका लागि लगानी आवश्यक छ । लगानीको लागि लगानीमैत्री वातावरण आवश्यक छ । सुशासन, स्थायित्व आवश्यक छ । त्यसका लागि गठबन्धनको बाटोमा हामी छौँ । यसले लय पनि समातेको छ । गठबन्धनमा रहेर हामीले निर्वाचन जित्यौँ भने, देशले लय समात्छ । देशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात गर्ने काममा लाग्नेछौँ । अब परनिर्भरतालाई समाप्त गर्ने हो । अब हामी पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने हो । त्यसको लागि अब विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर नै गर्न आवश्यक छ ।’
प्रवक्ता महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको जिकिर गर्दै पार्टीको केन्द्रिय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको बताए । उनले नेपालमा शान्तिको नारा अहिलेको लागि महत्वपूर्ण नरहेको बताए।
उनले संविधानमा भएको भावना, मर्मलाई कार्यान्वयन गर्ने चुनौती रहेको बताए। उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीताले देश अस्थिरतातिर धकेलिएको आरोप लगाए। प्रवक्ता महतले गठबन्धनको मुल लक्ष्य प्रतिगमनको दिशामा देशलाई लैजाने प्रयासलाई रोक्न र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको दाबी गरे ।
उनले गठबन्धनको सहयोगमा नै कोभिड १९ को समस्या समाधान र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन गरेको दाबी गरे। उनले अध्यक्ष ओलीकै नेतृत्व रहेको खण्डमा देशमा भयरहीत वातावरणमा स्थानीय तहको निर्वाचन हुन नसक्ने दाबी पनि गरे ।
उनले भने, ‘पार्टीको केन्द्रिय नेतृत्वको संयन्त्रले नारा पनि तय गरिसकेको छ, त्यो नारामा यहाँ सुधार गर्नुपर्नेछ । त्यो भनेको संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हो । शान्तिको नारा अहिलेको लागि महत्वपूर्ण छैन । शान्ति स्थापित भइसकेको छ । अहिले संविधानको रक्षा, जुन ठूलो संघर्षपश्चात दुईदुई पटकको संविधान सभामार्फत संविधान हामीले बनाएका छौँ, यो समावेशी संविधान छ, लोकतान्त्रिक संविधान छ । संघीय संरचना र स्थानीय निकायहरुलाई अधिकार सम्पन्न गरिएको छ । अब हामीले मन, वचन र कर्मले संविधानमा भएको भावना, मर्मलाई कार्यान्वयन गर्ने चुनौती हामीसँग छ । किन यो गठबन्धन बन्यो रु यसका उत्तरका लागि हामी पृष्ठभूमीमा जान जरुरी छ । ओलीजीको नेतृत्वमा सरकार थियो । त्यसबेला माओवादी एमाले गठबन्धनसहित एकीकरण भयो । तर ओलीजीले जसरी देशको सत्ता, शासन चलाउन खोज्नुभयो । सम्पूर्ण अधिकारलाई केन्द्रिकरण, व्यक्तिकरण गर्ने, स्वतन्त्र, संवैधानिक निकायलाई आफूअनुकुल चलाउन बाध्य गराउने र कुशासनयुक्त शासन चलाउनु भयो । स्वेच्छाचारी तरिकाबाट चलाउन कोशिस गर्नुभयो । त्यसको कारण नयाँ ध्रुवीकरण भयो ।’