काठमाडौं । २२ जना यात्रु बोकेर पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परेको छ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान दुर्घटनामा परेको हो ।
मुस्ताङको लेतेको घाँसा भन्ने स्थामा ठोकिएर विमान दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ । विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । यद्यपि दुर्घटनाबारे हालसम्म प्राधिकरणले आधिकारिरुपमा पुष्टि गरेको छैन् ।
विमानमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजकुमार गोले, माइक ग्रिट ग्रेफ, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, यूअइ विलिनर सवार रहेको बुझिएको छ ।
दुर्घटनाबारे विस्तृत विवरण आउन क्रम बाँकी छ । यतिबेला नेपाली सेनाको टोली विमान दुर्घटना स्थलतिर गएको छ ।