काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको र चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने, प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/ चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने, प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै भोलि दिउँसो प्रदेश नं १, मधेश प्रदेश, र वाग्मती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ ।