काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा दक्षिण बंगालको खाडीमा चक्रवात ‘असानी’को अप्रत्यक्ष प्रभाव पर्नुका साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिमि बंगालसम्म बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायुको साथै संयुक्त प्रभाव रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश १ तथा मधेश प्रदेशको लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, भोलि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भने, प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशको केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सफा रहने छ भने, प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।