काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आशिक बदली रहेको महाशाखाले उल्लेख गरेको छ।
आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै आज राति देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
त्यस्तै, भोलि दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। पहाडी भू-भागहरुका केही र तराई भेगका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। पहाडी भू-भागहरुका थोरै र तराई भेगका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।