काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको विहारदेखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ भने, प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ भने, प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली साथै मधेश प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाखाले जनाएको छ ।
भोलि दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।