काठमाडौं । प्रगतिशील लेखक संघ, काठमाडौं जिल्ला शाखाको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले ज्ञानु विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भक्त विक र सुमिता भट्टराई, सचिवमा सुधा मैनाली, सहसचिवमा समष्टि बुढामगर र कोषाध्यक्षमा केशव भट्टराई चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा मेस्मा पुन, धु्रव बस्याल, रामचन्द्र खतिवडा, जीवनप्रकाश उपाध्याय, राजेन्द्र पन्त ‘तारकिणी’, अनिता यात्री, जय गौडेल, रुपेश अधिकारी, राजेन्द्र घिमिरे, रमेश खतिवडा, पवनकुमारी न्यौपाने र शिवकुमार श्रेष्ठ चयन भएका छन् ।
केन्द्रीय अध्यक्ष डा जीवेन्द्रदेव गिरीले शुभारम्भ गरेको अधिवेशनको बन्दसत्र सञ्चालनका लागि केन्द्रीय उपमहासचिव आरसी न्यौपानेको अध्यक्षतामा अध्यक्षम मण्डल गठन गरिएको थियो । प्रलेसको १२ औँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौँमा हुँदैछ ।