काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, आईतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।