काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेका छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।
साथै देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको र हिमाली भू-भागका थोरै स्थानहरुमाहल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा सामान्यतया मौसम सफा रहनेछ भने, देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
भोलि दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।