काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन् । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
भोलि दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
त्यस्तै, राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
त्यस्तै, सोमबार दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राती देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।