काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन् । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।
आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने, सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। राती देशको सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, बिहिबार दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भुभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध अनुरोध गरेको छ